मधेशका पूर्वप्रदेश प्रमुख अहिराजमाथि यौन दुर्व्यवहार कसुरमा अनुसन्धान सुरू

हिमाल प्रेस ३ वैशाख २०८२ १८:३९ | Wednesday, April 16, 2025
मधेशका पूर्वप्रदेश प्रमुख अहिराजमाथि यौन दुर्व्यवहार कसुरमा अनुसन्धान सुरू फाइल तस्बिर

काठमाडौँ- मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) माथि प्रहरीले यौन दुव्र्यवहार कसुरमा अनुसन्धान सुरू गरेको छ।

प्रहरीले अहिराजमाथि जबर्जस्ती करणी मुद्दामा अनुसन्धान सुरू गरेको हो।

प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जबर्जस्ती करणीसम्बन्धी उजुरीका आधारमा झामाथि अनुसन्धान भइरहेको जानकारी दिए। उनले महिला सेलले उनीमाथि अनुसन्धान गरिरहेको बताए।

‘जबर्जस्ती करणीसम्बन्धी उजुरीका आधारमा अनुसन्धान सुरू भएको छ,’ बोहराले भने।

अहिराज २०७७ फागुन ७ मा मधेश प्रदेशको प्रदेश प्रमुख नियुक्त भएका थिए। उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। कार्यकालको ६ महिना नपुग्दै अहिराजलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियो।

प्रदेश प्रमुख हुनुअघि उनी मधेशवाणी साप्ताहिकका प्रकाशन तथा उद्यममा आवद्ध थिए।

प्रकाशित: ३ वैशाख २०८२ १८:३९ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast