इजरायली पासपोर्टलाई मालदिभ्स प्रवेशमा रोक

हिमाल प्रेस २ वैशाख २०८२ १७:२२ | Tuesday, April 15, 2025
इजरायली पासपोर्टलाई मालदिभ्स प्रवेशमा रोक

काठमाडौँ- मालदिभ्सले इजरायली नागरिकलाई देश प्रवेशमा रोक लगाएको छ। मालदिभ्सले अध्यागमन कानुनको तेस्रो संशोधनतहत इजरायली पासपोर्ट प्रवेशलाई रोक लगाएको हो।

मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले मंगलबार अध्यागमन कानुनमा भएको तेस्रो संशोधनलाई प्रमाणीकरण गरेका हुन्।

कानुन संशोधन गरेर लागु भएको नयाँ व्यवस्थाअनुसार मालदिभ्समा इजरायली पासपोर्टधारीलाई मालदिभ्स प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

मालदिभ्सको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर ‘यो प्रतिबन्ध प्यालिस्टाइनीमाथि इजरायलको तर्फबाट भइरहेको अत्याचार र नरसंहारको जवाफमा मालदिभ्स सरकारको प्रतिबद्धतालाई देखाउँछ’ बताएको छ।

बंगलादेश सरकारले पनि इजरायली सेनाले गाजामा गरिरहेको आक्रमणको विरोधमा आफ्नो नागरिकलाई इजरायल जान रोक लगाएको छ।

प्रकाशित: २ वैशाख २०८२ १७:२२ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast