सेयर बजार : नयाँ वर्षको पहिलो कारोबारमा सुखद थालनी

हिमाल प्रेस २ वैशाख २०८२ १६:०८ | Tuesday, April 15, 2025
सेयर बजार : नयाँ वर्षको पहिलो कारोबारमा सुखद थालनी सेयर बजार

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अंकले बढेर दुई हजार छ सय ८९ दशमलव २२ को बिन्दुमा कायम भएको छ।

मंगलबार विभिन्न तीन सय २० कम्पनीका दुई करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर ६९ हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार आठ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ।

म्युचुअल फन्ड शून्य दशमलव ०७ र व्यापार शून्य दशमलव ६४ प्रतिशतको गिरावट देखिएको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ४६ र लगानी समूह दुई दशमलव ७१ ७१ प्रतिशतले बढेको छ।

बैंकिङ शून्य दशमलव ४८, वित्त एक दशमलव ५९, होटल तथा पर्यटन एक दशमलव ९९, जलविद्युत् एक दशमलव ४७, जीवन बीमा शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन एक दशमलव २२, लघुवित्त शून्य दशमलव ६० र निर्जीवन बीमा समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ।

कारोबार रकम र सेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै बलेफी हाइड्रोपावर लिमिटेडको दुई अर्ब एक करोड २९ लाख ९३ हजार एक सय ४२ रुपैयाँ बराबरको ८६ लाख ७८ हजार दुई सय २५ कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: २ वैशाख २०८२ १६:०८ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast