सुडानमा शरणार्थी शिविरमा विद्रोही समूहको आक्रमण, चार सयभन्दा बढीको मृत्यु

हिमाल प्रेस २ वैशाख २०८२ १२:०० | Tuesday, April 15, 2025
सुडानमा शरणार्थी शिविरमा विद्रोही समूहको आक्रमण, चार सयभन्दा बढीको मृत्यु

काठमाडौँ- सुडानमा विद्रोहीहरूले एक शरणार्थी शिविरमा आक्रमण गर्दा चार सय जनाभन्दा बढीको ज्यान गएको छ। विद्रोहीहरूले शरणार्थी शिविरमा आक्रमण गरेको संयुक्त राष्ट्रसंघको स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको हो।

संयुक्त राष्ट्रसंघका अनुसार सुडानमा सक्रिय विद्रोही समूह ‘¥यापिड सपोर्ट फोर्स (आरएसएफ)’ ले शरणार्थी शिविरमा आक्रमण गरेको हो। आरएसएफले अल–फसर सहर आसपासका क्षेत्रमा रहेका शरणार्थी शिविरमा गत साता आक्रमण गरेको बताइएको छ।

सुडानमा विद्रोही समूह आरएसएफ र सुडानका सेनाबीच दारफुरमाथि कब्जा गर्ने विषयलाई लिएर युद्ध चलिरहेको छ। दुवैबीच अप्रिल २०२३ देखि सत्ता कब्जा गर्न रक्तपातपूर्ण संघर्ष जारी छ। सुडानी सेना र विद्रोही समूह आरएसएफबीच जारी संघर्षका कारण लाखौँ मानिस विस्थापित भएका छन्।

राष्ट्रसंघले बिहीबार र शनिबारबीच १४८ जनाको मृत्यु भएको पुष्टि गरेको छ। यद्यपि यो संख्या बढी हुन सक्ने बताइएको छ।

प्रकाशित: २ वैशाख २०८२ १२:०० | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast