मुख्यमन्त्री कार्कीद्वारा सिरुवा पर्वको शुभकामना, मौलिक संस्कृति संरक्षणमा जोड

हिमाल प्रेस २ वैशाख २०८२ ८:४० | Tuesday, April 15, 2025
मुख्यमन्त्री कार्कीद्वारा सिरुवा पर्वको शुभकामना, मौलिक संस्कृति संरक्षणमा जोड हिक्मत कार्की। फाइल तस्बिर।

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्व २०८२ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नागरिकमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले सिरुवा पर्वलाई कोशी प्रदेशको मात्र नभई समग्र नेपालको मौलिक सांस्कृतिक सम्पदा को रूपमा व्याख्या गरे। उनले भने,‘यो पर्व आदिकालदेखि यहाँका आदिवासी जनजातिहरूले मनाउँदै आएका छन् जसले परिवर्तनको संकेत दिन्छ।’

मुख्यमन्त्रीको सन्देशमा सिरुवा पर्वलाई ‘जुडशीतल’ को रूपमा पनि चिनिनु, गर्मी सुरु हुने समयमा पानीले शीतलता ल्याउने विश्वास र वैशाखभर मेला लाग्ने परम्पराले यस पर्वको सांस्कृतिक विशिष्टता झल्किने उल्लेख छ।

उनले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भन्दै यस्तो विविधताले समृद्ध नेपाल निर्माणको प्रेरणा दिने बताए। सन्देशमा भनिएको छ,‘कोशी पर्यटन वर्ष २०८२ को अवसरमा हाम्रा मौलिक पर्वहरूले पर्यटकलाई समेत आकर्षित गर्ने विश्वास गरेका छौँ।’

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार संस्कृति संरक्षण र प्रवर्द्धनमा प्रतिबद्ध रहेको र यस्ता पर्वमार्फत रोजगारी, पर्यटन र समुन्नतिको बाटो खुल्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २ वैशाख २०८२ ८:४० | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast