वीरगन्जमा कर्फ्यु

हिमाल प्रेस ३० चैत २०८१ १९:१६ | Saturday, April 12, 2025
वीरगन्जमा कर्फ्यु

काठमाडौँ- पर्साको वीरगन्जमा दुई समूहबीचको झडपका कारण स्थिति तनावग्रस्त भएपछि प्रशासनले कर्फ्यु लगाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरका भेडियाही चौक, सिर्सिया पुल, गण्डक चौक र शंकराचार्य गेट क्षेत्रमा शनिबार  साँझ ६.३० देखि आइतबार दिनको १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो।

हनुमान जयन्ती मनाउने क्रममा छपकैयामा दुई समुदायबीच झडप हुँदा स्थिति असामान्य बनेको थियो।  पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले हनुमान जयन्ती मनाउने क्रममा छपकैयामा दुई पक्षबीच झडप भएको जानकारी दिए।

झडप नियन्त्रणमा लिन प्रहरीले २० देखि २५ सेल अश्रुग्यास र एक राउन्ड हवाई फायर गरेको थियो। हनुमान जयन्तीको अवसरमा निकालिएको यात्रामा अर्को पक्षले ढुंगा हानेको यात्राका सहभागीले आरोप लगाएको एसपी  मिश्रले बताए।

झडपका क्रममा केही पसल र मोटरसाइकलमा आगजनी गरिएको छ। झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० चैत २०८१ १९:१६ | Saturday, April 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast