जनताको असन्तुष्टि सडकमा देखिएको छ : कोइराला

हिमाल प्रेस ३० चैत २०८१ १४:३४ | Saturday, April 12, 2025
जनताको असन्तुष्टि सडकमा देखिएको छ : कोइराला नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले जनतामा देखिएको असन्तुष्टिलाई समयमा नै सम्बोधन नगरे जटिलता उत्पन्न हुने बताएका छन्।

शनिबार काठमाडौँमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले जनतामा देखिएको असन्तुष्टि सडकमा देखिएको भन्दै त्यसलाई समयमा नै सम्बोधन नगरे थप जटिलता उत्पन्न हुने बताएका हुन्।

मुख्य प्रतिष्पर्धी एमालेसँग सहकार्य गरेर कांग्रेस सरकारमा गएको भन्दै कोइरालाले सरकारलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए। सरकार असफल भए कांग्रेस अप्ठेरोमा पर्न सक्ने उनको भनाइ छ। उनले अहिले सुशासन कायम गर्न नसकेको र दण्डहिनता बढ्दै गएकाले नियन्त्रण गर्न जरुरी रहेको उल्लेख गरे।

संविधान संशोधन वा पुनरावलोकनमा ढिलाई गर्न नहुने उनको भनाइ छ।

प्रकाशित: ३० चैत २०८१ १४:३४ | Saturday, April 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast