अमेरिका–चीन व्यापार युद्ध : अमेरिकी सामानमाथि १२५ प्रतिशत कर लगाउने चीनको घोषणा

हिमाल प्रेस २९ चैत २०८१ १९:०७ | Friday, April 11, 2025
अमेरिका–चीन व्यापार युद्ध : अमेरिकी सामानमाथि १२५ प्रतिशत कर लगाउने चीनको घोषणा फाइल तस्बिर

काठमाडौँ- अमेरिकासँग जारी व्यापार युद्धका बीच चीनले अमेरिकी सामानमाथि १२५ प्रतिशत आयात कर लगाउने घोषणा गरेको छ। यसअघि चीनले अमेरिकी सामानमाथि ८४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको थियो।

शनिबारदेखि लागू हुने १२५ प्रतिशत करबारे चीनको अर्थ मन्त्रालयले शुक्रबार घोषणा गरेको हो। ट्रम्प प्रशासनले कतिपय मुलुकमाथि लागू गरेको कर ९० दिनका लागि रोक्ने निर्णय गरेको एक दिनपछि चीनले यस्तो निर्णय गरेको हो।

अमेरिकाले चीनका लागि आयात कर १४५ लगाउने जनाएको छ। चीनको अर्थ मन्त्रालय अमेरिकी निर्णयको आलोचना गर्दै भनेको छ,‘अमेरिकाद्वारा चीनमाथि अत्यधिक टैरिफ लगाउनु अन्तर्राष्ट्रिय व्यापार नियम, आर्थिक सिद्धान्त र सामान्य समझदारीको उल्लंघन हो। यो पूर्णरूपले एकहोरो दबाब र धम्कीको नीति हो।’

एकअर्कामाथि कर लगाउने रणनीतिका कारण अमेरिका र चीनबीच व्यापार युद्ध तीब्र हुनसक्ने विशेषज्ञहरूको भनाइ छ। दुई मुलुकबीच जारी व्यापार युद्धको असर विश्व बजार र अर्थव्यवस्थामाथि पर्ने निश्चित रहेको उनीहरूको भनाइ छ।

अमेरिकी कर–नीतिको प्रत्यक्ष असर डलरमाथि देखिएको छ। शुक्रबार स्विस फै्रंकको तुलनामा पछिल्लो एक दशकमा सबैभन्दा तल्लो स्तरमा पुगेको छ। जबकि यूरो १.१४ डलरले उक्लिएको छ।

डलरको यो गिरावट बेइजिङद्वारा अमेरिकी सामानमाथिको आयात कर ८४ प्रतिशतबाट बढाएर १२५ गर्ने घोषणापछि आएको हो।

प्रकाशित: २९ चैत २०८१ १९:०७ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast