काठमाडौँ- शुक्रबार पक्राउ परेका दुर्गा प्रसाईँलाई म्याद थपका लागि काठमाडौँ अदालत लगिएको छ।
तीनकुने घटनाका मुख्य आरोपित प्रसाईँलाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय पुर्याएर म्याद थपका लागि काठमाडौं अदालतमा लगेको हो।
प्रसाईँमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।
झापामा पक्राउ परेका प्रसाईँलाई शुक्रबार नै प्रहरीले भद्रपुर हुँदै काठमाडौँ ल्याएको थियो। प्रसार्ईँ बिहीबार अपराह्न भारतको आसाम राज्यमा पक्राउ परेको बुझिएको छ।
तीनकुनेमा राजावादील गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु हुनुका साथै ठूलो जनधनको क्षति भएको थियो। उक्त घटनापछि प्रसाईँ फरार थिए।
प्रकाशित: २९ चैत २०८१ १४:४४ | Friday, April 11, 2025
प्रतिक्रिया




