स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

हिमाल प्रेस २९ चैत २०८१ ९:४६
6
SHARES
स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

काठमाडौँ- मकवानपुरमा स्कुटरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। शुक्रबार साँझ मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ गुरूधामचोकस्थित धरान-चतरा सडकखण्डमा बा. प्र ०३–०४ प ९५२६ नम्बरको स्कुटरले सोही स्थानका ७६ वर्षीय अनिरूद्र बस्ताकोटीलाई ठक्कर दिएको थियो।

स्कुटरको टक्करबाट घाइते भएका वृद्धलाई नयाँ मेडिकल कलेज भरतपुरमा पुर्‍याइएको थियो।बस्ताकोटीको उपचार क्रममा राति पौने १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा स्कुटर चालक २७ वर्षीय सन्दीप थापा पनि घाइते छन्। उनको चुरेहिल अस्पताल हेटौडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ चैत २०८१ ९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast