ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

हिमाल प्रेस २९ चैत २०८१ ८:४४ | Friday, April 11, 2025
ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

रौतहट- बारा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कलैयाबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १५८ ग्राम ९१० मिलि ग्राम ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई बिहीबार पक्राउ गरेको हो।

प्रहरी टोलीले फेटा गाँउपालिका वडा नं ३ चौतारा स्थितमा घोडासाहनबाट फेटातर्फ आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेक जाँच गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए।

उनका अनुसार तेलको ट्यांकीभित्र पलाष्‍टिकमा बेरी लुकाईछिपाई लगिरहेको अवस्थामा बरामद गरिएको छ। प्रहरीले ट्याक्टर चालक भारतको शिवनगर बस्ने वर्ष ३० का टुटुकुमार र सोही स्थानका वर्ष ३२ को टुटु अन्सारीलाई पक्राउ गरेको उनले जानकारी दिए।

ट्याक्टरसहित दुईजना भारतीय नागरिकसमेत नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित: २९ चैत २०८१ ८:४४ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast