प्रसाईबारे अन्योलता, सचिवालय भन्छ,’आत्मसमर्पण गरे’, प्रहरी भन्छ : खोजीमै छौँ

हिमाल प्रेस २९ चैत २०८१ ६:५९
44
SHARES
प्रसाईबारे अन्योलता, सचिवालय भन्छ,’आत्मसमर्पण गरे’, प्रहरी भन्छ : खोजीमै छौँ दुर्गा प्रसाईं । फाइल तस्बिर

काठमाडौँ- दुर्गा प्रसाई पक्राउ परेको विषयमा बाहिरिरहँदा नेपाल प्रहरीले भने यस्ता समाचारको खण्डन गरेको छ। उनको सचिवालयले पनि उनी नियन्त्रणमा आएको बताएको छ।

यता उनी संलग्न राजसंस्था परिचालन समितिले त भारतीय प्रहरीसमक्ष प्रसाईले ज्यानको सुरक्षा मागेको जनाएको छ। समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गरेर ज्यानको सुरक्षा मागेर भारत नेपाल सीमासम्म ल्याइदिन राजी भएको बताएको छ।

नेपाल प्रहरीले भने प्रसाई पक्राउ नपरेको दाबी गरेको छ। प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता दिनेशकुमार आचार्यले निकालेको विज्ञप्तिमा उनी प्रहरीको खोजीमै रहेको उल्लेख छ। ‘प्रसाई पक्राउबारे गम्भीर ध्यानाकर्षण भएको छ। उनी अझै फरार नै छन्।’

प्रहरी स्रोतका अनुसार भारतमा उनी पक्राउ परे पनि नेपाल भारतबीच सुर्पुर्दगी सन्धी नभएकाले समस्या भएको जनाइएको छ। सुर्पुर्दगी सन्धी नहुँदा भारतीय प्रहरीले कसैलाई नियन्त्रणमा लिए पनि सीमा क्षेत्रमा ल्याएर छाड्ने र नेपाल प्रहरीले नियन्त्रणमा लिने प्रचलन छ। हालसम्म प्रसाई भारतीय प्रहरीको नियन्त्रणमा रहे पनि नेपाललाई नबुझाएको बताइएको छ।

प्रकाशित: २९ चैत २०८१ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast