पूर्वराजाका कमाण्डर प्रसाईँ भारतको आसममा पक्राउ

हिमाल प्रेस २८ चैत २०८१ २१:३५ | Thursday, April 10, 2025
पूर्वराजाका कमाण्डर प्रसाईँ भारतको आसममा पक्राउ दुर्गा प्रसाई. फाइल तस्बिर।

काठमाडौँ- राजसंस्था पुनःस्थापना अभियानका पछिल्ला कमाण्डर एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भारतको आसामबाट पक्राउ परेका छन्।

नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले प्रसाईँलाई पक्राउ गरेको हो। आसाम प्रहरीले काँकरभिट्टामा उनलाई नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बताइएको छ।
प्रहरी स्रोतले जनाएअनुसार प्रसाईँलाई बिहीबार आसामबाट पक्राउ गरिएको हो।

काठमाडौँबाट भाग्ने क्रममा प्रसाईँले प्रयोग गरेको गाडी केही दिनअघि सुनसरी प्रहरीले इटहरीमा फेला पारेको थियो। त्यसपछि उनी भारतमा लुकेको हुनसक्ने अनुमानसहित नेपाल प्रहरीले भारतीय प्रहरीलाई उनको खोजी गर्न आग्रह गरेको थियो।

गत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको आन्दोलन अराजक बनेपछि प्रसाईँ फरार भएका थिए। यसबीचमा उनले सामाजिक सञ्जालमा भिडियो सन्देश भने सार्वजनिक गरिरहेका थिए।

प्रकाशित: २८ चैत २०८१ २१:३५ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast