चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते

हिमाल प्रेस २८ चैत २०८१ २०:१५ | Thursday, April 10, 2025
चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते

बाजुरा– बुढीगंगा नगरपालिका–१ कुँडीमा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ।

चट्याङ लागेर बुढीगंगा–१ तल्लो कुडीकी वीरु सार्कीकी नौ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

उनको घटनास्थलमै मृत्यु भएको हो। चट्याङ लागेर मृतक नाबालिकाकी आमा २८ वर्षीया सञ्जिता सार्की घाइते भएकी छिन्।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार घाइते सञ्जिताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २८ चैत २०८१ २०:१५ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast