अछामको जयगड बजारमा भीषण आगलागी, २७ घरटहरा नष्ट

हिमाल प्रेस २७ चैत २०८१ ९:१९
34
SHARES
अछामको जयगड बजारमा भीषण आगलागी, २७ घरटहरा नष्ट

काठमाडौँ- अछामको बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ। आगलागीका कारण बजारमा रहेका २७ वटा घरटहरा जलेर नष्ट भएको छ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिन्डर ग्यास पडकिएर मंगलबार साँझ ७ बजेतिर आगो सल्किएको थियो।

हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल र गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसल नस्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए। रातभरको प्रयासमा आगो पूर्णरूपमा नियन्त्रणमा आएको उनले बताए।

आगो मंगलसेन नगरपालिकाको दमकलको सहायतामा नेपाली सेनाको गोरख बक्स गण मंगलसैनबाट खटिएको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले नियन्त्रणमा लिएका हुन्।

आगलागीबाट करिब ७ करोड रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित: २७ चैत २०८१ ९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast