मौरीले टोकेर एक जनाको मृत्यु

हिमाल प्रेस २६ चैत २०८१ २०:५३
28
SHARES
मौरीले टोकेर एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

पाल्पा– पाल्पामा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ। बगनासकाली गाउँपालिका–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको मंगलबार खागमौरीले टोकेर मृत्यु भएको हो।

कामबाट घर फर्किँदै गरेको अवस्थामा खान्दुला नजिकै बाटोमा खागमौरीले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए।

खागमौरीले टोकेपछि विश्वकर्मा बेहोस भएका थिए। उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

विश्वकर्माले आर्यभञ्ज्याङमा आरन व्यवसाय गर्दै आएका थिए। उनी खाना खान घर जाने क्रममा बाटोमा खागमौरीको समूहले टोकेको बगनासकाली–२ का वडाध्यक्ष तीर्थप्रसाद भट्टराईले बताए।

प्रकाशित: २६ चैत २०८१ २०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast