
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले कसैले फोहोर गर्छन् र जरिबाना तिराउने भनेर काठमाडौँ महानगरपालिका नबस्ने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बल्खुमा आयोजना गरेको आमसभामा ‘एक जना पत्र काट्न बसेको छ’ भन्दै आफ्ना कार्यकर्तालाई जथाभावी फोहोन नगर्न आग्रह गरेको थियो। सभा समापनपछि उनीहरूले सडक सरसफाइ गरेका थिए।
उक्त सरसफाइका तस्बिरहरू सामाजिक सञ्जालमा राख्दै मेयर बालेनले भने, ‘कसैले फोहोर गर्छन् र जरिबाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ।’
प्रकाशित: २६ चैत २०८१ १७:४८
प्रतिक्रिया