काठमाडौँ- राजावादीको प्रदर्शनमा जलेको अवस्था मृत भेटिएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निसासिएर मृत्यु भएको देखिएको छ।
पोस्टमर्टम रिपोर्टमा शरीरमा गोली नलागेको तर निसासिएर निधन भएको देखिएको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए।
चौधरीले भने,‘गोली लागेको देखिएन। धुँवामा निस्सासिएकै कारणले मृत्यु भएको हो,’ प्रमुख चौधरीले भने।
प्रकाशित: २१ चैत २०८१ ६:५४ | Thursday, April 3, 2025
प्रतिक्रिया




