जगमान गुरुङ नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले भन्यो : पूर्वराजालाई जरिवाना गराउन मिल्दैन

हिमाल प्रेस १८ चैत २०८१ २०:४० | Monday, March 31, 2025
जगमान गुरुङ नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले भन्यो : पूर्वराजालाई जरिवाना गराउन मिल्दैन

काठमाडौँ- ‘संयुक्त जनआन्दोलन समिति’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गराउने काठमाडौँ महानगरपालिकाको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ।

समितिका कार्यवाहक संयोजक जगमान गुरुङले सोमबार जारी गरेको विज्ञप्तिमा तीनकुनेको प्रदर्शनमा फोहोर गरेको लगायतका विषयमा पूर्वराजालाई जरिवाना गर्न नमिल्ने जिकिर गरिएको छ।

‘उक्त कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाहरू स्वयमले लिने हो । सो निर्णय काठमाडौँ महानगरपालिकाले तत्काल फिर्ता नलिएमा सो विरुद्ध कानुनी र अन्य मार्ग प्रशस्त गरिने पनि सबैमा जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार तीनकुनेमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग पूर्वस्वीकृति लिएर संयुक्त जनआन्दोलन समितिको अपनत्वमा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १८ चैत २०८१ २०:४० | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast