टोखाले नगरवासीलाई मुटु रोग उपचारका लागि ५० हजार दिने

हिमाल प्रेस १८ चैत २०८१ १६:१३ | Monday, March 31, 2025
टोखाले नगरवासीलाई मुटु रोग उपचारका लागि ५० हजार दिने

काठमाडौँ- टोखा नगरपालिकाले नगरवासीका लागि मुटु रोग उपचारमा अधिकतम ५० हजार रुपैयाँसम्म सहयोग गर्ने भएको छ।

सहयोग उपलब्ध गराउन नगरपालिकाले सहिद गङ्गालाल हृदयरोग केन्द्रसँग सम्झौता गरेको छ। सम्झौतामा नगर प्रमुख प्रकाश अधिकारी र अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रवि मल्लले हस्ताक्षर गरेका छन्।

सामान्य नगरवासीलाई २५ हजार र गरिब तथा विपन्न वर्गलाई ५० हजारसम्म सहायता दिइनेछ। आवश्यक कागजातसहित अस्पतालले खर्च प्रतिपूर्ति गर्न नगरपालिकामा निवेदन दिनुपर्नेछ।

सम्झौता कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी लगायत वडाध्यक्षहरूको उपस्थिति थियो।

प्रकाशित: १८ चैत २०८१ १६:१३ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast