तीनकुने घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न रास्वपा र राप्रपाको माग

हिमाल प्रेस १८ चैत २०८१ १५:२० | Monday, March 31, 2025
तीनकुने घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न रास्वपा र राप्रपाको माग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झा। तस्बिर : रासस

काठमाडौँ- प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घटित घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिको माग गर्नुभयो। उक्त घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र अर्का युवा सविन महर्जनलाई सहिद घोषणा गर्न पनि उनले माग गरे।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले तीनकुने घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन नपाउने बताए।

‘तीनकुनेको त्यो अराजकता र उदण्डताको हामी विरोध जनाउँछौँ। तर यसमा कुनै एउटा पक्षमात्र जिम्मेवार छैनन्’, उनले भने, ‘ज्यान गुमाएका युवा सविन महर्जनलाई पछाडिबाट गोली हानेको भिडियो बाहिरिएका छन्। उनी भागेका पनि थिएनन्, ढुंगा हानिरहेका थिएनन्। पत्रकार सुरेश रजकको मृत्यु पनि शंकास्पद छ। यो घटनामा उच्चस्तरीय छानबिन आयोगको माग गर्दछौँ।’

प्रकाशित: १८ चैत २०८१ १५:२० | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast