आँगनमा खेलिरहेका बच्चालाई चितुवाको आक्रमण, घटनास्थलमै मृत्यु

हिमाल प्रेस १८ चैत २०८१ ९:२९ | Monday, March 31, 2025
आँगनमा खेलिरहेका बच्चालाई चितुवाको आक्रमण, घटनास्थलमै मृत्यु

बाजुरा- बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका–३ धुर्तोलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो। उनको घटनास्थलमै ज्यान गएको उनले बताए।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ चैत २०८१ ९:२९ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast