पूर्वराजदूत एवं वरिष्ठ पत्रकार कमल कोइरालाको निधन

हिमाल प्रेस १८ चैत २०८१ ६:३५ | Monday, March 31, 2025
पूर्वराजदूत एवं वरिष्ठ पत्रकार कमल कोइरालाको निधन कमल कोइराला।

काठमाडौँ- वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ।

केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो। पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए।

कोइराला परिवारका एक मात्र कम्युनिस्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गरेका थिए।

पूर्वसांसदसमेत रहेका दिवंगत कोइरालाको सोमबार बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: १८ चैत २०८१ ६:३५ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast