मिलन नेवारकाे स्वरमा ‘तिमी टाढा छौ‌’ सार्वजनिक

हिमाल प्रेस १७ चैत २०८१ १६:०३ | Sunday, March 30, 2025
मिलन नेवारकाे स्वरमा ‘तिमी टाढा छौ‌’ सार्वजनिक

काठमाडौँ- गायिका मिलन नेवारको गीत ‘तिमी टाढा छौ’ सार्वजनिक गरिएको छ। गायिका नेवारले आफ्नै युट्युब च्यानलबाट ‘सुनसान रात २, को रुपमा गीत सार्वजनिक गरेकी हुन्। गीत राजनराज शिवाकोटीको शब्द र संगीतमा बनेको छ।

गीतको भिडियोमा गायक तथा संगीतकार शिवाकोटीसहित मिलन नेवार, रामचन्द्र अधिकारी (गोक्ते काजी) र बाल-कलाकार परिना भण्डारीको अभिनय छ। बाल कलाकार परिनाको यो डेब्यु फिल्म हो। भिडियोमा आमाले सानी छोरीलाई माइतीको बुवासँग छोडेर वैदेशिक रोजगारीमा गएपछिको सन्दर्भ देखाइएको छ।

राजुजंग बस्नेतको कथा एवं निर्देशनमा बनेको भिडियोमा आमा-छोरी र बुवाको सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। गीत अमृत सुनुवारको छायांकन, निर्देशक बस्नेतकै सम्पादन र कुनाल कुँवरको कलर ग्रेडिङमा बनेको छ।

प्रकाशित: १७ चैत २०८१ १६:०३ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast