ज्ञानेन्द्र शाहलाई काठमाडौँ महानगरले जरिवाना पत्र भोलि बुझाउने

हिमाल प्रेस १६ चैत २०८१ १८:२४ | Saturday, March 29, 2025
ज्ञानेन्द्र शाहलाई काठमाडौँ महानगरले जरिवाना पत्र भोलि बुझाउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको ७ लाख ९३ हजारको जरिवाना पत्र भोलि आइतबार निर्मल निवासमै बुझाउने भएको छ। ज्ञानेन्द्र निर्मल निवासमा बस्छन्।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आज शनिबार भएकाले भोलि आइतबार कार्यालय समयमा पत्र बुझाउने बताए।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकल र अन्य संरचनामा क्षति पुगेको थियो। महानगरले त्यसैको जरिवाना पत्र बुझाउने भएको हो।

प्रकाशित: १६ चैत २०८१ १८:२४ | Saturday, March 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast