यी जिल्लामा भयो हवाई फायर

हिमाल प्रेस ४ मंसिर २०७९ १४:०६ | Sunday, November 20, 2022
यी जिल्लामा भयो हवाई फायर

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा मतदान रोक्ने प्रयास भएपछि प्रहरीले पाँच जिल्लामा गोली चलाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा गोली चलेको हो।

मतदान रोक्ने प्रयास र झडपको स्थिति सृजना भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि गोली चलाएको डीआईजी राईले बताए। उनका अनुसार देशभर २७ ठाउँमा मतदान स्थगित भएको छ। तीमध्ये कतिपय ठाउँको मतदान पुनः सुरु भइसकेको पनि राईले बताए।

प्रकाशित: ४ मंसिर २०७९ १४:०६ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast