आज एसईईका परीक्षार्थीलाई काठमाडौँ महानगरले गन्तव्यमा पुर्‍याइदिने, यी नम्बरमा सम्पर्क गर्नुपर्ने

हिमाल प्रेस १५ चैत २०८१ ८:२२ | Friday, March 28, 2025
आज एसईईका परीक्षार्थीलाई काठमाडौँ महानगरले गन्तव्यमा पुर्‍याइदिने, यी नम्बरमा सम्पर्क गर्नुपर्ने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले एसईई दिइरहेका विद्यार्थीहरूलाई गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध नभएमा महानगर प्रहरी बलले सहयोग पुर्‍याउने भएको छ।

विद्यार्थीहरूको सहज यात्रा सुनिश्चित गर्नका लागि काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानमा सवारी साधनको व्यवस्था गरेको छ।

यसका लागि विद्यार्थीहरूले प्रहरी अधिकृतहरूलाई सम्पर्क गर्न गर्नुपर्नेछ। बानेश्वरका लागि नप्रउ दिनेश कुमार अर्यालको सम्पर्क नम्बर ९८५१०६८०९६, रत्नपार्कका लागि नप्रउ मनोज प्रसाद लामिछानेको नम्बर ९८५१०९३१७६, नयाँ बसपार्कका लागि न प्रनाउ पूर्णचन्द्र भट्टको नम्बर ९८५१२३३६३३ र टेकुका लागि नप्रनि प्रकाश पण्डितको नम्बर ९८५१०५६३४६ उपलब्ध गराइएको छ।

साथै, विद्यार्थीहरूले सवारी साधनको आपतकालीन आवश्यकता परेमा काठमाडौँ महानगरपालिकाको हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९ मा पनि सम्पर्क गर्न सक्नेछन्।

आज गणतन्त्रवादी र राजतन्त्र पक्षधरहरूले प्रदर्शन गर्दैछन्। प्रदर्शनका कारण सवारी साधन प्रभावित हुनसक्ने बताइएको छ।

प्रकाशित: १५ चैत २०८१ ८:२२ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast