समाजवादी मोर्चाको प्रदर्शनलाई एमालेको साथ!

हिमाल प्रेस १५ चैत २०८१ ७:०७ | Friday, March 28, 2025
समाजवादी मोर्चाको प्रदर्शनलाई एमालेको साथ! एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज समाजवादी मोर्चाले काठमाडौँमा गर्ने प्रदर्शनलाई समर्थन जनाएका छन्। महासचिव पोखरेलले फेसबुक स्टाटसमा लेख्दै मोर्चाले गर्ने जनप्रदर्शनलाई प्रतिगनको कुप्रयास विरुद्धको सकारात्मक पहल भनेका छन्।

उनले भने,‘दलहरू आपसमा प्रतिस्पर्धा गर्दै जनअभिमतबाट आफूलाई स्थापित गर्ने प्रयास गर्छन्। तर,जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्ने हो भने त्यसको डटेर सामना पनि गर्नुपर्छ। इतिहासले धेरै पटक यस्तो तथ्य प्रमाणित गरेको छ। अहिलेको युग भनेको जनसचेतनाले सुसम्पन्न लोकतन्त्रको युग हो।’

आज समाजवादी मोर्चाले काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ।

प्रकाशित: १५ चैत २०८१ ७:०७ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast