राशिफल : मीन, अधुरा काम पूरा हुने, कन्या, उत्साह र ठूला व्यक्तिको सहयोग

हिमाल प्रेस १५ चैत २०८१ ५:५२ | Friday, March 28, 2025
राशिफल : मीन, अधुरा काम पूरा हुने, कन्या, उत्साह र ठूला व्यक्तिको सहयोग

आज मिति २०८१ चैत १५ गते शुक्रबार। तदनुसार २०२५ मार्च २८। चैत कृष्ण चतुर्दशी तिथि। शुभ विष्टि/भद्रा पूर्वभाद्र पञ्चांङ दिनको राशिफल। यो राशि जगदीश सुवेदीले तयार पारेका हुन्। आज पाथीभरादेवीको दर्शन गर्ने उत्तम दिन पनि हो।

मेष

रमाइलो यात्राको योग रहेको छ। रमाइलो भेटघाटमा मन रमाउनेछ। प्रेममा सफलता मिल्नेछ। धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन्।

वृष

सानै प्रयाशले काममा सफलता मिल्नेछ। प्रयासहरू सकारात्मक रहनेछन्। सामाजिक काममा व्यस्त रहनुपर्नेछ।

मिथुन

व्यापार व्यवसायमा लाभ हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। अचल सम्पत्तिको कारोबार बढ्नेछ। रोकिएका अधुरा कामहरु बन्नेछन्।

कर्कट

दाम्पत्य जीवन सुखमय रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। साथीभाईको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ।

सिंह

रोजगारीको नयाँ अवसर मिल्नेछ। कूटनीतिक कार्यहरु सफल हुनेछन्। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। मन प्रसन्न रहनेछ।

कन्या

उत्साह र स्फूर्ति बढ्नेछ। सामाजिक कामहरू सफल हुनेछन्। ठूला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ।

तुला

सोचेको आटेको काममा सफलता मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ। साथीभाईसँग भेटघाटमा मन खुसी रहनेछ।

वृश्चिक

धार्मिक र सामाजिक काममा मन जानेछ। व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ। मेहनत गरे कामहरु सफल हुनेछन्।

धनु

सामाजिक कार्यमा तत्परता रहनेछ। वैदेशिक यात्रा हुने देखिन्छ। स्वास्थ्यमा सुधार आउनेछ। परोपकारी काममा रुचि बढ्नेछ।

मकर

अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ। वैदेशिक कार्यहरू बन्नेछन्। जागिरमा पदोन्नतिको योग रहेको छ।

कुम्भ

शत्रुहरू पराजित हुनेछन्। धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ। काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ।

मीन

रोकिएका अधुरा कामहरु सुचारु हुनेछन्। बिछोडिएका मित्रसँग भेट हुनेछ। मनमा हर्ष बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

प्रकाशित: १५ चैत २०८१ ५:५२ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast