काठमाडौँ- बीवाईडी नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ।
पोखराको प्रदर्शनी केन्द्रमा बिहीबारदेखि सुरू भएर आगामी फागुन १७ सम्म चल्ने अटो शोमा बीवाईडीले सहभागिता जनाएको हो।
अटो शोमा बीवाईडीले डल्फिन, एट्टो ३ र एम ६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ। आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारीसाधन किन्ने ग्राहकका लागि बीवाईडीले सीमित समयका लागि विशेष अफरसमेत ल्याएको छ।
यो अफरअन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट, १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिइएको छ। त्यस्तै एक वर्ष निःशुल्क बिमा, एक वर्ष सडक कर, आकर्षक नगद छुट, फ्रि एसेसरिज र फ्रि होम चार्जर उपलब्ध गराइने बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले जनाएको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

