शिक्षक सेवा आयोगले खुलायो निमावि विज्ञापन, कुन विषयमा कति?

हिमाल प्रेस १४ चैत २०८१ १२:५२ | Thursday, March 27, 2025
6
SHARES
शिक्षक सेवा आयोगले खुलायो निमावि विज्ञापन, कुन विषयमा कति?

काठमाडौँ- शिक्षक सेवा आयोगले आज सामुदायिक विद्यालयका लागि निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी नियुक्ति गर्न आवेदन आह्वान गरेको छ।

सबै प्रदेश गरी नेपाली विषयमा १०९, अंग्रेजी १७१, गणित ११२, विज्ञान १०१, गणित विज्ञान ८०, सामाजिक १०९, स्वास्थ्य तथा शारीरिक शिक्षा १, संस्कृत व्याकरण २, संस्कृत भाषा १ गरी जम्मा ६८६ मा आवेदन आह्वान गरिएको छ।

यस विज्ञापन अनुसार तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत आवेदन दिन सक्नेछन्।

आवेदन अनलाइन प्रणालीमार्फत दिन सकिनेछ। चार चरणमा सञ्चालन हुने परीक्षा प्रणालीमा प्रारम्भिक परीक्षा, लिखित परीक्षा, मौखिक परीक्षा तथा शिक्षण अभ्यास समावेश हुनेछ।

उम्मेदवारहरूले विस्तृत जानकारीका लागि शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुर वा आयोगको वेबसाइटमा हेर्न सक्नेछन्।

सूची

प्रकाशित: १४ चैत २०८१ १२:५२ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast