देउवा र प्रचण्डलाई अगाडि राखेर ओलीले भने- संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन प्रतिबद्ध छौँ

हिमाल प्रेस १४ चैत २०८१ १२:२६ | Thursday, March 27, 2025
देउवा र प्रचण्डलाई अगाडि राखेर ओलीले भने- संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन प्रतिबद्ध छौँ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सफल बनाउन बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। राजधानीमा बिहीबार आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा तीनै नेता सहभागी थिए।

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले यसअघि गरेका काम किन सफल भएनन् भन्ने समीक्षा गरी अब सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए। ओलीले भने, ‘पीडितलाई न्याय र परिपूरण दिन सरकार सक्रिय छ। विगतमा जस्तो अनावश्यक र अनुचित हिंसा अबउप्रान्त हुँदैन। शान्ति प्रक्रिया निष्कर्षमा लैजान संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसद्ंबाट सहमतिमा पारित गराइएको हो।’

संसद्बाट सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी कानुन बनेपछि ती आयोगका पदाधिकारी नियुक्तिका लागि यसअघि गठित सिफारिस समितिमा सहमति नभई त्यस समितिको अवधि सकिएपछि सरकारले प्रमुख दलको परामर्श फेरि अर्को सिफारिस समिति गठन गरेको छ ।

प्रधानमन्त्री ओलीले संक्रममणकालीन न्याय टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग र साथ प्राप्त भइरहनुपर्ने बताए। उनले भने, ‘यस प्रक्रियालाई मौलिक तरिकाले समाधान निकाल्न नेपालले प्रयास गरिरहेको छ।’

टीआरसी : यसअघि काम पूरा गर्न नसकेका व्यक्तिहरू नै सर्च कमिटीमा

टीआरसी कार्यान्वयनमा ‘सर्च कमिटी’ गठन गर्न तीन नेता सहमत, सरोकारवाला भन्छन् : फेरि पनि ‘एस म्यान’ नराखियोस्

प्रकाशित: १४ चैत २०८१ १२:२६ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast