सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

हिमाल प्रेस १४ चैत २०८१ १०:२५ | Thursday, March 27, 2025
सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

राजविराज- सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

गएराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कञ्चनरुप नगरपालिका-१० बदगामास्थित प्र २-०२-०१६ प १२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।

भारदहबाट कञ्चनपुरतर्फ जाँदै गरेको उक्त मोटरसाइकल दुर्घटनामा चालक कञ्चनरूप नगरपालिका-१२ रूपनगरका २७ वर्षीय विक्रम बञ्जराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।

उनकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका बञ्जराको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।

दुर्घटनामा जिल्लाको रुपनी गाउँपालिका-४ का ३४ वर्षीय सन्तोष इसर गम्भीर घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ चैत २०८१ १०:२५ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast