काठमाडौँ– हुम्ला जिल्लाको कालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधबार साँझ ७ बजेर ४४ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रविन्दु भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो।
यसअघि बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा चीनको तिनग्री कन्ट्री आसपास केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।
प्रकाशित: १३ चैत २०८१ २०:२९ | Wednesday, March 26, 2025
प्रतिक्रिया





