![सेन्टर प्लाजामा आगलागी : हेलिकोप्टरबाट १६ जनाको उद्धार [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/03/centarPlaza3.jpg)
इटहरी- इटहरीको सेन्टर प्लाजामा भएको आगलागीमा फसेकाहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। इटहरीचोकको पूर्वपट्टि रहेको उक्त व्यावसायिक भवनमा बुधबार बिहान ९ः३५ बजेतिर आगलागी भएको हो। आगलागीमा परी फसेकाहरूको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ।
केहीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो भने केहीलाई भने डोरीमार्फत प्रहरी, सशस्त्र प्रहरी र सेनाले उद्धार गरेको छ। हालसम्म १६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। ११ जना पुरुष र पाँच जना महिलाको उद्धार गरिएको प्रहरीको भनाइ छ।
सशस्त्र प्रहरी बल नेपालले बाहिनीबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनीष थापाको कमान्डमा १०५ जना, नेपाली सेना, नेपाल प्रहरी र ६ वटा दमकलसहित स्थानिय बासिन्दाहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जनाएको छ।
६ वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्। इटहरीका व्यावसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डा रहेको थियो। उक्त होटलबाट नै आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।