सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर परिचालन

हिमाल प्रेस १३ चैत २०८१ १२:१७
12
SHARES
सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर परिचालन

इटहरी- इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवन सेन्टर प्लाजामा आगो लागेको छ। सेन्टर प्लाजामा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ।

भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको तथा भवनभित्र फसेका मानिस उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ।

आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन्। बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिन्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ।

गृह मन्त्रालयले भवन आगलागीका कारण धनजनको क्षति हुन नदिई सकुशल रूपमा उद्धार गर्नका लागि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाएको जनाएको छ।

प्रकाशित: १३ चैत २०८१ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast