टीआरसी : यसअघि काम पूरा गर्न नसकेका व्यक्तिहरू नै सर्च कमिटीमा

हिमाल प्रेस १२ चैत २०८१ १३:४४
34
SHARES
टीआरसी : यसअघि काम पूरा गर्न नसकेका व्यक्तिहरू नै सर्च कमिटीमा

काठमाडौँ– सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि गठन गरेको सिफारिस समिति (सर्च कमिटी) मा पुरानै व्यक्तिहरूलाई चयन गरेको छ।

मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्ति, खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य तोकिएका छन्। मिश्रलगायतका चारैजना यसअघि २०८१ कात्तिक २ गते गठित सर्च कमिटीमा पनि संयोजक थिए।  कमिटीले आयोगमा नियुक्तिका लागि निवेदन लिएर अन्तर्वार्ता लिए पनि काम पूरा गर्न सकेको थिएन।

दुई महिनाको समय दिएर गठित उक्त कमिटीले काम पूरा गर्न नसकी कार्यावधि सकिएको थियो।

मिश्र पूर्वप्रधानन्यायाधीश हुन् भने खाती पूर्वमहान्यायाधिवक्ता हुन्। यसैगरी कार्की अमेरिकाकी र तामाङ सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्। प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच सोमबार संक्रमणकालीन न्याय (टीआरसी) सँग जोडिएका आयोग गठनका विषयमा छलफल भएको थियो। सोही छलफलका आधारमा सिफारिस समिति गठन गरिएको हो।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न सरकारले समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ। सिफारिस समिति गठन भएको बढीमा दुई महिनाभित्र दुवै आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्नुपर्नेछ।

यसअघि ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित सर्च कमिटीले काम पूरा गर्न नसकेपछि अर्को कमिटी गर्ने विषयमा दलहरूबीच सहमति जुटेको हो।

टीआरसी कार्यान्वयनमा ‘सर्च कमिटी’ गठन गर्न तीन नेता सहमत, सरोकारवाला भन्छन् : फेरि पनि ‘एस म्यान’ नराखियोस्

प्रकाशित: १२ चैत २०८१ १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast