३ दिनमा पनि निभाउन सकिएन आगो

हिमाल प्रेस १२ चैत २०८१ १३:०२ | Tuesday, March 25, 2025
३ दिनमा पनि निभाउन सकिएन आगो

दाङ- दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सा‌ग्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रण अझै नियन्त्रणमा आउन सकेको छैन।

आइतबार राति १ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्रबहादुर शाहले जानकारी दिए। अहिले पनि आगो नियन्त्रणको प्रयास भइरहेको डीएसपी शाहले जानकारी दिए।

आगो नियन्त्रणका लागि दाङ लगायत बाँके, बर्दिया, कपिलवस्तु र रुपन्देहीबाट दमकल ल्याइएको भएपनि आगो नियन्त्रणमा सकस भइरहेको उनको भनाइ छ। अहिले ८ वटा दमकले आगो निभाइरहेका छन्।

उद्योगमा काठ र अरू कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो नियन्त्रणमा आउन नसकेको डीएसपी शाहले जानकारी दिए। आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ। यद्यपि अझै क्षतिको विवरण आउन सकेको छैन। आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

आगो निभाउन ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी, तथा स्थानीयवासी खटिएका छन्।

प्रकाशित: १२ चैत २०८१ १३:०२ | Tuesday, March 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast