लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित

हिमाल प्रेस ११ चैत २०८१ ११:४५ | Monday, March 24, 2025
लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेसनिकट लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्। गत शुक्रबार केन्द्रीय कार्यालय सानेपामा अधिवेशन भएको निर्वाचनमा चम्लागाईंले ३५१ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन्।

अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरेकी छन्।

महाधिवेशनमा ४७० मत खसेको थियो। उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाईं समूहकै उम्मेदवार निर्वाचित भएका छन्। उनको समूहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापा निकट हुन्। उनलाई सभापति शेरबहादुर देउवा निकट धेरै नेताहरुको पनि साथ थियो।

प्रकाशित: ११ चैत २०८१ ११:४५ | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast