मौसम : ताप्लेजुङ, दोलखा र विराटनगरमा वर्षा हुने, जोमसोम र जुम्लामा तापक्रम घट्ने

हिमाल प्रेस ११ चैत २०८१ ६:२१ | Monday, March 24, 2025
मौसम : ताप्लेजुङ, दोलखा र विराटनगरमा वर्षा हुने, जोमसोम र जुम्लामा तापक्रम घट्ने फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, जिरी, विराटनगर लगायतका सहरमा हल्का पानी पर्ने सम्भावना छ। सबैभन्दा धेरै तापक्रम भैरहवामा र सबैभन्दा कम जोमसोम र जुम्लामा पुग्ने देखिन्छ।

सोमबार कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। वर्षा र हिमपातले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रकाशित: ११ चैत २०८१ ६:२१ | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast