वीरगन्ज बन्दरगाह : आठ महिनामा उठ्यो ३२ अर्ब ३२ करोड राजस्व

हिमाल प्रेस १० चैत २०८१ ९:५४ | Sunday, March 23, 2025
वीरगन्ज बन्दरगाह : आठ महिनामा उठ्यो ३२ अर्ब ३२ करोड राजस्व

पर्सा- वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व संकलन भएको छ।

कार्यालयले गत साउनमा तीन अर्ब ७५ करोड रुपैयाँ, भदौमा चार अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। असोजमा चार अर्ब ३६ करोड रुपैयाँ, कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो।

यसैगरी, गत मंसिरमा तीन अर्ब २२ करोड रुपैयाँ, पुसमा तीन अर्ब ५६ करोड रुपैयाँ, माघमा चार अर्ब २९ करोड रुपैयाँ र फागुनमा चार अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गरेको हो।

चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै संकलन भएको छ।

प्रकाशित: १० चैत २०८१ ९:५४ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast