गोठमा पानी परेपछि भैसी सार्दासार्दै बेहोस भए गगन, बाटोमै मृत्यु

हिमाल प्रेस १० चैत २०८१ ८:०५ | Sunday, March 23, 2025
गोठमा पानी परेपछि भैसी सार्दासार्दै बेहोस भए गगन, बाटोमै मृत्यु

काठमाडौँ- दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। दुल्लु नगरपालिका–६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा निधन भएको हो।

शनिबार भैसी गोठमा पानी परेपछि भैसीहरू सार्ने क्रममा परेको चट्याङ टाउकोमा लागेपछि बेहोस भएका गगनलाई तत्काल उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित: १० चैत २०८१ ८:०५ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast