धवलको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन, अब राजावादी आन्दोलन थाल्ने

हिमाल प्रेस ९ चैत २०८१ ६:२४ | Saturday, March 22, 2025
धवलको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन, अब राजावादी आन्दोलन थाल्ने राप्रपा महामन्त्री धवल शमशेर। तस्बिर : शमशेर सचिवालय

काठमाडौँ- नवराज सुवेदीको नेतृत्वमा गठित ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ अन्तर्गत राप्रपाका नेता डा. धवलशमशेर राणा नेतृत्वको जनआन्दोलन परिचालन समितिले विभिन्न समितिहरू गठन गर्ने निर्णय गरेको छ।

संवैधानिक राजसंस्था र सनातन हिन्दुराज्य पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन बहालीको पक्षधर राजनैतिक दल, संघसंस्था तथा अभियानहरूको प्रतिनिधि सहभागी बैठकले उक्त निर्णय गरेको हो।

बैठकले जनआन्दोलनुलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उपसमितिहरू समेत गठन गर्दै लैजाने निर्णय पनि गरेको छ। आन्दोलन परिचालन समिति र मातहत विभिन्न विभाग तथा समितिमा एकताबद्ध भई सहकार्य गर्न सबै राष्ट्रवादी देशभक्त नागरिक, अभियान तथा राजनैतिक दलहरूलाई हार्दिक अपिल समेत गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ९ चैत २०८१ ६:२४ | Saturday, March 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast