एसईईमा ह्वाट्सएपमार्फत चिट चोराउने दुई निरीक्षक पक्राउ

हिमाल प्रेस ८ चैत २०८१ १०:४० | Friday, March 21, 2025
एसईईमा ह्वाट्सएपमार्फत चिट चोराउने दुई निरीक्षक पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- एसईईमा ह्वाट्सएपमार्फत चिट चोराउने दुई जना निरीक्षकलाई बारा प्रशासनले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पन्नादेवी कन्या उमावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड सौरभ यादव रहेका छन्।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार प्रशासनले परीक्षा केन्द्रहरूमा अनुगमन गरेको थियो। कलैयाको पन्नादेवी कन्या उमावि सेन्टरमा सूचना पाएपछि निगरानी बढाइएको थियो।

ह्वाट्सएपमा प्रश्नपत्रको फोटो पठाएर उत्तर प्राप्त गरी परीक्षार्थीलाई चिट चोराउन मद्दत गरेका निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड सौरभ यादव पक्राउ परेका हुन्।

प्रजिअ अधिकारीले हिमालप्रेससँग भने,‘उनीहरूले ‘साथी’ नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्रको फोटो खिचेर राख्ने र उत्तर प्राप्त भएपछि परीक्षार्थीलाई दिने गर्दा रहेछन्।’

उनीहरूमाथि अनुसन्धान जारी रहेको प्रजिअ अधिकारीको भनाइ छ। यसरी डिजिटल माध्यमबाट चिट चोर्ने प्रक्रिया पत्ता लगाउएपछि प्रशासनले अन्य परीक्षा केन्द्रहरूमा पनि निगरानी कडा बनाएको छ।

एसईईमा बारामा मात्र नभई यस्ता घटना देशभरकै परीक्षा केन्द्रमा हुनसक्ने भएकाले यसतर्फ सर्तक हुनुपर्ने प्रजिअ अधिकारीले बताए।

प्रकाशित: ८ चैत २०८१ १०:४० | Friday, March 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast