पोखरा महानगरपालिकाका अधिकृत घुससहित पक्राउ

हिमाल प्रेस ७ चैत २०८१ २१:४३
14
SHARES
पोखरा महानगरपालिकाका अधिकृत घुससहित पक्राउ

काठमाडौँ- पोखरा महानगरपालिकाको एक जना प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले महानगरपालिकाको उजुरी फछर्यौट समन्वय शाखामा कार्यरत प्रशासकीय अधिकृत (सातौँ तह) कपिल गिरीलाई घुससहित पक्राउ गरेको हो।

अख्तियारको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले गिरीलाई २५ हजार घुससहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्।

अख्तियारमा उजुरीपत्र आएको र उजुरीसँग सम्बन्धित मुद्दा मिलाइदिने भन्दै सेवाग्रहीसँग घुस मागेको सूचनाको आधारमा पुगेको टोलीले गिरीलाई महानगरपालिकाको गेटअगाडिबाट नियन्त्रणमा लिएको प्रवक्ता पौडेलले बताए।

प्रकाशित: ७ चैत २०८१ २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast