प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्यान्न आयात गर्नुपर्ने अवस्थाको अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य भएको बताएका छन्।बिहीबार काठमाडौँमा दक्षिण एसियाली किसान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ६० प्रतिशत जनता कृषिमा संलग्न भए पनि परम्परागत कृषिका कारण खाद्यान्नमा आत्मनिर्भर र निर्यात गराउनसक्ने अवस्था हुन नसकेको बताए।
उनले युवालाई विदेश पलायन हुन रोकेर साना तथा घरेलु उद्योगमार्फत आधुनिक कृषिको विकासबाट मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने बताए।
सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका २५ बढी किसान संगठनका प्रतिनिधि सहभागी छन्। दुईदिने सम्मेलनमा दक्षिण एसियाली किसानका समस्या र तिनको समाधानका उपायबारे छलफल हुने जनाइएको छ।
प्रकाशित: ७ चैत २०८१ २०:२५ | Thursday, March 20, 2025
प्रतिक्रिया



