कांग्रेसको नेतृत्वमा सबै दललाई मिलाएर अघि बढ्नुपर्छ : शेखर कोइराला

हिमाल प्रेस ७ चैत २०८१ १८:१७ | Thursday, March 20, 2025
कांग्रेसको नेतृत्वमा सबै दललाई मिलाएर अघि बढ्नुपर्छ : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार असफल भएको बताएका छन्।

गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेस–एमाले मिलेर बनेको सरकारले सुशासन कायम गर्न नसकेको बताएका हुन्।

उनले कांग्रेस सत्तापक्षमा रहे पनि सरकारलाई खबरदारी गर्नुपर्ने उल्लेख गरे। अहिलेको परिदृश्य हेर्दा देशको अवस्था भयावह रहेको उनले बताए।

कोइरालाले कांग्रेस ठूलो भए पनि अहिले एमाले र कहिले माओवादीको पक्षमा लागेको भन्दै अब त्यसो गर्न नहुने धारणा राखे। उनले कांग्रेसको नेतृत्वमा सबै दललाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी कांग्रेस नेताहरूले मुलुकको परिवर्तनमा गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकाको स्मरण गरेका थिए।

प्रकाशित: ७ चैत २०८१ १८:१७ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast