प्रधानमन्त्री कप : लुम्बिनीलाई कर्णालीको २०५ रनको लक्ष्य

हिमाल प्रेस ७ चैत २०८१ १२:४३ | Thursday, March 20, 2025
प्रधानमन्त्री कप : लुम्बिनीलाई कर्णालीको २०५ रनको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनीविरुद्ध २०५ रनको लक्ष्य खडा गरेको छ।

अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले लुम्बिनीविरुद्ध २०५ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको हो। सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४८.५ ओभरमा अलआउट भएको थियो।

कर्णालीका लागि दीपेन्द्र रावतले ६६ रन र अर्जुन घर्तीले ५६ रन जोडेका थिए। ओपनर सुनिल धमला १९ तथा दिनेश अधिकारी १७ बलमा ३ चौकाको सहयोगमा १६ रन बनाउँदै आउट भए। निश्चल रावल ११ तथा विपिन रावल १० रनमा आउट भए।

लुम्बिनीका लागि रमेश कुर्मीले ३, विप्रसन केसी, निर्मल गुरुङ र अजय चौहानले समान २ तथा कप्तान देव खनालले १ विकेट लिए । प्रतियोगितामा ६ खेलमा ८ अंकका साथमा तेस्रो स्थानमा छ । ५ खेलमा ४ अंक जोडेको कर्णाली पाँचौ स्थानमा छ ।

प्रकाशित: ७ चैत २०८१ १२:४३ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast