दलित साहित्य प्रतिष्ठानद्वारा सांसद बराली सम्मानित

हिमाल प्रेस २२ पुष २०७९ १८:५३ | Friday, January 6, 2023
दलित साहित्य प्रतिष्ठानद्वारा सांसद बराली सम्मानित

काठमाडौँ– नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य रणेन्द्र बरालीलाई सम्मान गरेको छ। शुक्रबार काठमाडौँमा प्रतिष्ठानद्वारा आयोजित ‘शुभकामना, बधाई तथा सम्मान’ कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सांसद बरालीलाई सम्मान गरेका हुन्।

लामो समयदेखि दलित समुदायको मुक्तिका निम्ति संघर्ष गरेका सांसद बराली नेकपा माओवादी केन्द्रबाट समानुपातिक सांसद हुन्। प्रतिष्ठानका अध्यक्षसमेत रहेका सांसद बरालीले नेपाली साहित्यको क्षेत्रसमेतमा सक्रिय छन्।

सोही अवसरमा प्रदेश प्रमुख परियारले सामाज रूपान्तरणको निम्ति दलित समुदायको मुद्दा राज्य र समाजको साझा मुद्दा बन्नुपर्ने धाराणा राखे। प्रतिष्ठानका उपाध्यक्ष तथा दलित अधिकारकर्मी मोतिलाल नेपालीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालगायत राज्यका हरेक संरचनामा दलित समुदायको समाज सहभागिताको माग गरे।

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट संसद्‍मा समानुपातिकमा १५ जना र प्रत्यक्षमा १ जना गरी दलित समुदायबाट १६ जनाको प्रतिनिधित्व छ। प्रतिनिधसभामा जम्मा सांसदको संख्या २ सय ७५ मध्ये समानुपातिक र प्रत्यक्ष गरी कूल संख्याको १४ प्रतिशत अर्थात १६ जना दलित सांसदको उपस्थिति रहेको छ। ७ प्रदेशमा दलित समुदायबाट समानुपातिकमा २८ जना सांसद निर्वाचित भएका छन्।

प्रकाशित: २२ पुष २०७९ १८:५३ | Friday, January 6, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast