‘नेपाली सेना संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध छ’

हिमाल प्रेस ६ चैत २०८१ २१:३५
18
SHARES
‘नेपाली सेना संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध छ’ जंगी अड्डा

काठमाडौँ- नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध रहेको जनाएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयले आज (बुधबार)  विज्ञप्ति जारी गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानले तोकेको जिम्मेवारी पूरा गर्न तत्पर रहेको स्पष्ट पारेको हो।

विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न टीका टिप्पणी र विश्लेषणहरू सम्प्रेषण भएकाले नेपाली सेनासम्बन्धी जानकारी लिन जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरु सम्प्रेषण गर्न अनुरोध गरेको छ।

नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रममार्फत सार्वजनिक गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: ६ चैत २०८१ २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast